राजनीति


नेकपामा विवाद चर्किँदा महासचिव विष्णु पौडेल र भीम रावलबीच छुट्टै छलफल

नेकपामा विवाद चर्किँदा महासचिव विष्णु पौडेल र भीम रावलबीच छुट्टै छलफल

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार ६:३२,

नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र स्थायी समिति सदस्य भीम रावल पार्टीको विवादबारे छलफलमा जुटेका छन्।

काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहको एक कोठामा दुईजना नेता छलफल गरिरहेको स्रोतले जनाएको छ।

नेकपाभित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शक्ति संघर्ष चर्किरहेका बेला रावलले ओलीप्रति तीब्र असन्तुष्टि जनाउने गरेका छन्।

पूर्व गृह तथा रक्षामन्त्री रावल वरिष्ठ नेता नेपालनिकट हुन्। उता प्रधानमन्त्रीनिकट रहेका पौडेलले आइतबार पार्टी एकतामा गम्भीर संकट आएको बताएका थिए।

सत्तारुढ दल नेकपाभित्र दुई अध्यक्ष र अन्य नेताहरुबीच पार्टी र सरकार सञ्चालन तथा शक्ति बाँडफाटलाई लिएर तिब्र विवाद भइरहेका बेला पार्टीका प्रभावशाली नेताहरुले आपसी छलफल बढाएका हुन्।

पार्टी एकीकरणको प्रक्रिया पुरा नहुँदै शीर्ष तहका नेताहरुबीच विवाद बढ्दै जान थालेपछि अहिलेको शक्ति बाँडफाट र आगामी महाधिवेशनलक्षित समीकरण बनाउने गरी समेत पार्टीका प्रभावशाली नेताहरुबीच छलफलहरु सुरु हुन लागेको समेत बताइएको छ।

दुवै पक्षले नेताहरुको समर्थन जुटाउनका लागि पछिल्लो समय पूर्वपार्टी समूहका आधारमा समेत आन्तरिक गठबन्धनहरु बनाउन थालेको बताइरहेका बेला पौडेल र रावलबीच छलफल भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad