कारोबार


स्थिर ब्याजदर तोकिँदा पनि बैंकहरुको कर्जा १५ अर्बले घट्यो

स्थिर ब्याजदर तोकिँदा पनि बैंकहरुको कर्जा १५ अर्बले घट्यो

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार ६:३०,

नेपाल राष्ट्र बैंकले भनेबमोजिम बैंकहरुले स्थिर ब्याजदर तोके पनि बैंकहरुको समग्र कर्जामा ह्रास आएको छ।

कात्तिक १ गतेदेखि बैंकहरुले स्थिर ब्याजदर तोके पनि त्यस यता करिब १५ अर्बले बैंकहरुको कर्जा प्रवाहमा कमी आएको हो।

नेपाल राष्ट्र बैंकले कोभिडको कारणले व्यवसायी मारमा परेको भन्दै स्थिर ब्याजदरको नीति ल्याएको थियो।

सोहीअनुसार अधिकांश बैंकहरुले आफ्नो स्थिर ब्याजदर समेत सार्वजनिक गरेका थिए। उक्त दर कात्तिक १ गतेदेखि लागू हुने भनिएको थियो।

तर असोज मसान्तसम्ममा वाणिज्य बैंकहरुको कर्जा ३० खर्ब ३५ अर्ब रुपैयाँ रहेकोमा अहिले ३० खर्ब २० अर्ब पुगेको हो।

नेपाल बैंकर्स संघका अनुसार बैंकहरुको समग्रमा कर्जा लगानी १५ अर्ब रुपैयाँले घटेको हो।

त्यसो त बैंकहरुको निक्षेप संकलन पनि घटेको छ। वाणिज्य बैंकहरुको असोज मसान्तमा ३६ अर्ब ५४ अर्बको निक्षेप रहेकोमा अहिले ३६ अर्ब १५ अर्ब रुपैयाँ मात्रै रहेको छ। जसअनुसार यो अवधिमा निक्षेप ३९ अर्ब रुपैयाँले घटेको हो।

यसरी बैंकहरुको कर्जा र निक्षेप दुवै कम हुनुमा भने बीचमा परेको दशैँ नै मूल्य कारण रहेको बैंकर्स संघले जानकारी गराएको छ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘दशैँ त मुख्य कुरो छँदै छ। बैंकहरूले व्यवसायीहरूले तिर्न नसकेको कर्जाको ब्याज पुँजीकरण गरिदिएको र यसअघि जारी हुन बाँकी रहेको कर्जा लगानी भएकाले पनि योभन्दा अघि कर्जा लगानी बढेको थियो। त्यही अनुपातमा हेर्दा अहिले घटेको हो।’

बैंकहरुले ल्याएको स्थिर ब्याजदरअन्तर्गत कुन बैंकको कति ?
सनराइज बैंकले बचत निक्षेपमा २ दशमलव ५० प्रतिशतदेखि ४ दशमलव ५० प्रतिशतसम्म ब्याज दिने बताएको छ। त्यस्तै मुद्दती निक्षेपमा अधिकतम ७ दशमलव ७५ प्रतिशतसम्म ब्याज दिने आफूले जारी गरेको सूचनामा उल्लेख छ।

बैंकको ऋण भने केही माथि रहेको छ। अधिकतम दर १३ दशमलव ९५ सम्म रहने बैंकले बताएको छ। त्यसमा विभिन्न किसिमको ऋण हुने र सोहीअनुसार ब्याजदर रहेको समेत बैंकले स्पष्ट पारेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचत निक्षेपमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिइने उल्लेख गरेको छ। बैंकले मुद्दती निक्षेपमा अधिकत ६ दशमलव ७५ प्रतिशतसम्म ब्याजदर उल्लेख गरेको छ। यो बैंकको ऋण भने अधिकतम ९ दशमलव २५ प्रतिशत ब्याजमा हुने बताइएको छ।

एनसीसी बैंकले साधारण निक्षेपमा ५ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ८ दशमलव २५ प्रतिशतसम्म दिने उल्लेख गरेको छ। ऋणमा भने अधिकतम १४ प्रतिशतसम्म ब्याजदर हुने उल्लेख गरेको छ।

एभरेष्ट बैंकले बचत निक्षेपमा २ दशमलव ५० प्रतिशतदेखि ४ दशमलव ५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ। मुद्दती निक्षेपमा एभरेष्ट बैंकले अधिकतम ७ दशमलव २५ प्रतिशतसम्म दिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ। ऋणमा भने ९ दशमलव ४८ प्रतिशतदेखि १२ दशमलव ४८ प्रतिशत रहने उल्लेख गरेको छ।

एनएमबि बैंकले घर कर्जाका लागि ९ दशलमव ४९ देखि १२ दशमलव २४ सम्म ब्याजदर तोकेको छ । यो ५ वर्षदेखि १५ वर्षसम्म अवधिको हो।

सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ दशलमव २५ र न्यूनतम ५ दशमलव ५ ब्याज पाइन्छ । संस्थागत मुद्दती निक्षेपमा ७ दशमलव १० ब्याज पाइनेछ ।

ग्लोबल आईएमई बैंकले १५ वर्षसम्मको घर कर्जामा ११ दशमलव ९० ब्याजदर तोकेको छ। यस्तै, ५ वर्षसम्मको गाडी खरिदका लागि ११ दशमलव ९९ ब्याजदरमा ऋण दिने सार्वजनिक गरेको छ। समयअनुसार फरक–फरक ब्याजदर कायम गरिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad