काठमाडौंको बानेश्वरमा एक पुरुषको शव फेला परेको छ।
बानेश्वर प्रहरी बृत्तभन्दा अगाडिको पुलमुनि करिव ३२ वर्षीय पुरुषको शव फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए।
शव पानीमा डुबिरहेको अवस्थामा फेला परेको थियो। तर शरीरमा घाउचोट भने केही नदेखिएको एसपी राठौरले बताए।
शवको कसको हो भन्ने पहिचान हुन सकेको छैन। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया