ad ad

राजनीति


काेराेना संक्रमण भएका नेता विश्वकर्माकाे आईसीयूमै उपचार जारी

काेराेना संक्रमण भएका नेता विश्वकर्माकाे आईसीयूमै उपचार जारी

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार १२:४१,

कोरोना संक्रमण भएपछि तीनदिनदेखि ग्राण्डी अस्पतालको आईसीयूमा उपचाररत् सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको स्वास्थ्य अवस्था स्थिर रहेको उनका आफन्तले बताएका छन्।

उनको फोक्सोमा निमोनिया भएको र आईसीयूमा उपचार भइरहेको उनका आफन्त विवस पौडेलले बताए।

‘उहाँको स्वास्थ्य अवस्था अहिले स्थिर छ,’ डाक्टरको भनाइ उद्धृत गर्दै पौडेलले नेपालखबरसँग भने, ‘अन्य इन्फेक्सन नभए पनि फोक्सोमा निमोनिया भएको छ।’

कात्तिक २ गते कोरोना पुष्टि भएका विश्वकर्मा स्वास्थ्यमा समस्या आएपछि कात्तिक १० गते वीर अस्पतालको आईसीयूमा भर्ना भएका थिए।

पूर्वमन्त्री समेत रहेका विश्वकर्मालाई कात्तिक ११ गते बेलुका ग्राण्डी अस्पतालको आईसीयूमा भर्ना गरिएको पौडेलले बताए।

कात्तिक २ गते कोरोना पोजिटिभ देखिएपछि सुरुमा उनी घरमै आइसोलेसनमा बसेका थिए।

याे पनि: 

पूर्वमन्त्री विश्वकर्मालाई कोरोना संक्रमण, ग्रान्डीमा उपचार हुँदै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .