ad ad

राजनीति


कस्मिरमा यसरी कारमै गोली हानेर आतंककारीले गरे भाजपाका ३ नेता/कार्यकर्ताको हत्या

कस्मिरमा यसरी कारमै गोली हानेर आतंककारीले गरे भाजपाका ३ नेता/कार्यकर्ताको हत्या

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार ०:४४,

दक्षिणी कस्मिरको कुलगाममा बिहीबार साँझ आतंककारीले गोली हानेर भारतीय जनता पार्टी (भाजपा) का नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरेका छन्।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार हुसैन, कुलगाम भाजपा युवा मोर्चाका महासचिव थिए। उनीसहित उनका दुई कार्यकर्ता- उमर रासिद बेग र उमर रमजान हाजमको हत्या भएको हो।

एक जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पताल लानेबित्तिकै मृत्यु भएको दैनिक भास्करले उल्लेख गरेकाे छ। तर कसको घटनास्थलमै र ककसको अस्पताल लानेबित्तिकै मृत्यु भएको हो, पत्रिकाले खुलाएको छैन।

फिदा हुसैन काजिगुन्ड बस्थे। हुसैनविरुद्ध त्यसबेला हमला भयो, जतिबेला उनी कारमा कार्यकर्ताका साथ घरतर्फ जाँदै थिए।

आतंकवादी एक गाडीमा आए र फिदालाई कारमै गोली हानेर भागे। सुरक्षाकर्मीले आक्रमणकारीको खोजी गरिरहेको जनाएका छन्। 

द रजिस्टेन्स फ्रन्ट (टीआरएफ) नामक संगठनले आक्रमणको जिम्मेवारी लिएको छ।

यो संगठन लक्सर ए तैयबाको सहयोगी भएको बताइएको छ। बान्दीपोरामा भाजपाकै नेता बसिम बारीको हत्या हुँदा पनि यही संगठनको नाम आएको थियो।

बिहीबार साँझ हत्या गरिएका भाजना नेता हुसैन सवार कार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .