ad ad

समाज


दसैंमा परिवारका सबै सदस्य नाच हेर्न गएको बेला घरमा आगलागी, १५ लाखको क्षति

दसैंमा परिवारका सबै सदस्य नाच हेर्न गएको बेला घरमा आगलागी, १५ लाखको क्षति

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार १:२,

सर्लाहीको बरहथवा नगरपालिका–१४ लालदियरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

स्थानीय रामविहारी महतोको काठले बनेको दुई तते घरमा गएराति आगलागी भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

परिवारका सदस्य राति दसैंको नाच हेर्न गएको समयमा घरमा आगलागी भएको हो। आगलागीबाट धान, गहुँ, चामल, दाल, लत्ता कपडा, भाँडा वर्तन, टिभी, सिलाइ मेसिन, दराज, सुन चाँदीलगायत घरभित्र रहेका सम्पूर्ण समान जलेर नष्ट हुँदा १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, हरिवन नगरपालिकाको वारुण यन्त्र र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ। घर पूर्णरूपमा जलेर क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .