ad ad

राजनीति


मुकेश चौरसियाका हत्यारालाई कारबाही गर्न नेकपाका ३७ केन्द्रीय नेताको माग

मुकेश चौरसियाका हत्यारालाई कारबाही गर्न नेकपाका ३७ केन्द्रीय नेताको माग

शैलेन्द्र महतो
कात्तिक १२, २०७७ बुधबार १५:१४,

प्रदेश २ बाट प्रतिनिधित्व गर्ने नेकपाका ३७ जना केन्द्रीय नेताले मुकेश चौरसियाका हत्यारालाई कारबाही गर्न माग गरेका छन्।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्थायी समिति सदस्य, केन्द्रीय सदस्य लगायतका नेकपा प्रदेश २ का नेताहरुले हत्यारामाथि जाहेरी दर्ता गर्न नचाहने पर्साकी प्रहरी प्रमुख गंगा पन्तलाई समेत कारबाहीको माग गरेका हुन्।

बुधबार प्रचण्ड र माधव नेपाल निकटका केन्द्रीय नेताहरुको बैठक बसेको हो। नेकपा केन्द्रीय सदस्यसमेत रहेका प्रदेश २ का सह–ईन्चार्ज विश्वनाथ साहको अध्यक्षतामा बसेको बैठकमा स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव र केन्द्रीय सदस्य रामचन्द्र झासहित प्रदेश २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरु सहभागी थिए।

बैठकले पार्टीका पर्सा जिल्ला कमिटी सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटी सचिब मुकेश चौधरीको हत्याको जाहेरी यथाशीघ्र दर्ता गरि हत्यारालाई कारबाही, मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरुको निःशुल्क उपचारको माग गरेको छ। यस्तै, नेताहरुले पर्साका प्रहरी प्रमुख कर्तव्यच्युत भएको भन्दै उनलाई समेत कारबाही गर्न माग गरेका छन्।

नेकपा विन्दवासनी गाउँपालिकास्तरीय कमिटी विस्तारका क्रममा आसन ग्रहण गराउने विषयमा भएको कुटाकुटमा परी गम्भीर घाइते भएका चौरसियाको यही कात्तिक ७ गते मृत्यु भएको थियो। चौरसिया हत्याको अभियोगमा तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।
यो पनिः सपथग्रहणमा यसरी झडप हुँदा मुकेशको ज्यान गयो, दुई समूहमाथि आशंका

ncp-parsa2_1.jpg

ncp-parsa1.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .