अमेरिकाले माल्दिभ्समा दूतावास खोल्ने भएको छ।
भारत र श्रीलंकाको भ्रमणपछि बुधबार मालदिभ्स आइपुगेका अमेरिकी विदेशमन्त्री माइक पम्पेओले दूतावास स्थापनाको घोषणा गरेका हुन्।
माल्दिभ्सका विदेशमन्त्री अब्दुला साहिदसँग सेराटन होटलमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै पम्पेओले माल्दिभ्समा अमेरिकाको कूटनीतिक उपस्थितिले द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने बताए।
पछिल्लो समय अमेरिकाले इन्डो–प्यासिफिक क्षेत्रमा चीनविरुद्ध बलियो गठबन्धन कायम गर्ने प्रयास गर्दै आएको छ।
हालै अमेरिका, जापान, अस्ट्रेलिया र भारतले टोकियोमा विदेशमन्त्रीस्तरीय क्वाड बैठक गरेका थिए।
त्यसलगत्तै अमेरिकाका विदेशमन्त्री पम्पेओ र रक्षामन्त्री मार्क एस्परले भारत भ्रमण गरेका थिए।
मालदिभ्सपछि पम्पेओले इन्डोनेसिया भ्रमण गर्नेछन्। एजेन्सी
291
Shares
प्रतिक्रिया