ad ad

राजनीति


सार्ली एब्दोले एर्दोगानको यस्तो कार्टुन छापेपछि टर्कीले गर्‍यो विरोध

सार्ली एब्दोले एर्दोगानको यस्तो कार्टुन छापेपछि टर्कीले गर्‍यो विरोध

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार १४:३,

फ्रान्सको व्यंग्यात्मक म्यागेजिन सार्ली एब्दोले टर्कीका राष्ट्रपतिको मजाक उडाउँदै कार्टुन छापेपछि सो म्यागेजिनले जातीय घृणा फैल्याएको आरोप अंकाराले लगाएको छ।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँको एउटा टिप्पणीका कारण पेरिस र मुस्लिम विश्वबीच तनाव उत्पन्न भएकै बेला सो म्यागेजिनले बुधबार यस्तो कार्टुन छापेको हो।

कार्टुनमा अन्डरवेयर लगाएका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान हातमा बियर लिएर बसेका देखिन्छन्। अर्को हातले उनले हिजाब लगाएकी एक महिलाको स्कर्ट उठाएको देखिन्छ।
‘ओहो पैगम्बर!’ एर्दोगान भन्छन्।

कार्टुनको क्याप्सनमा लेखिएको छः एर्दोगानः निजी रुपमा साह्रै रमाइला छन्!’

‘फ्रान्सेली राष्ट्रपति म्याक्रोँको मुस्लिमविरोधी एजेन्डाले फल दिन थालेको छ,’ एर्दोगानका सञ्चार निर्देशकले भनेका छन्।

अक्टोबर २ मा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले इस्लाम धर्म ‘संकटमा’ रहेको टिप्पणी गरेका थिए। उनको अभिव्यक्तिको मुस्लिम राष्ट्रहरुले विरोध गरेका थिए।

अक्टोबर १६ मा पेरिसका एक शिक्षक स्यामुएल पातीले आफ्ना विद्यार्थीहरुलाई पैगम्बर मोहम्मदको कार्टुन देखाएको भन्दै एक चेचेन शरणार्थीले उनको टाउको छिनाएका थिए।
त्यसपछि फ्रान्सले मुस्लिम अतिवादीहरुविरुद्ध कडा कदम चालेको छ। म्याक्रोँले फ्रान्सले ‘कार्टुन बनाउन नछाड्ने’ अभिव्यक्ति दिएका थिए।

त्यसपछि एर्दोगानले म्याक्रोँको ‘मानसिक अवस्था परीक्षण’ गर्न सुझाएका थिए। बुधबार म्याक्रोँको भनाइविरुद्ध बंगलादेश, गाजालगायतका स्थानमा विशाल प्रदर्शन भएका छन्।

सन् २०१५ मा पैगम्बर मोहम्मदको कार्टुन छापेकै आरोपमा सार्ली एब्दोमाथि आतंकवादी हमला हुँदा १२ जनाले ज्यान गुमाएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .