ad ad

समाज


साउदी अरबले कफाला प्रणाली हटाउँदै, कम्पनी छाड्न कामदारलाई सहज हुने

साउदी अरबले कफाला प्रणाली हटाउँदै, कम्पनी छाड्न कामदारलाई सहज हुने

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार १४:२१,

साउदी अरबले विदेशी कामदारका लागि लागू गर्दै आएको कफाला प्रणाली हटाउने भएको छ। यो व्यवस्था हटेपछि कामदारले काम गरिरहेको कम्पनी छाड्न मालिकको अनुमति आवश्यक पर्ने छैन।

साउदी सरकारले कफाला प्रणाली हटाउने योजना बनाइरहेको स्थानीय सञ्चारमाध्यमलाई उधृत गर्दै रोयटर्सले जनाएको छ।

साउदी अरब नेपालीहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमा पर्छ। यो प्रणाली हटे नेपाली कामदारलाई थप सहज हुने छ।

साउदी अरबमा अहिले एक करोड विदेश कामदार कफाला प्रणालीअन्तर्गत काम गर्छन्। जसमध्ये चार लाखको हाराहारीमा नेपाली कामदार छन्।

यस प्रणालीमा रोगजारी दिने कम्पनीमा काम छाड्दा मालिकको अनुमति आवश्यक पर्छ। जसको कारण कामदारमाथि चरम शोषण हुने गरेको छ। यो व्यवस्थाको धेरै पहिलेदेखि नै आलोचना हुँदै आएको थियो।

साउदी अरबमा कफाला प्रणाली सात दशकदेखि जारी छ। अगामी साता साउदी अरबको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले रोजगारदाता र कामदारबीच सम्झौता सुधार सम्बन्धी घोषणा गर्ने छ। यो आगामी वर्षको मध्यसम्ममा कार्यान्वयनमा आउने बताइएको छ।

पछिल्लो समय साउदी अरबले अर्थतन्त्र सुधारका कदम चाल्न थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .