भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल्ससँग ‘सुटुक्क भेट गरेको’ चर्चा व्यापक बनेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख खोलेका छन्।
खासगरी लेखक खगेन्द्र संग्रौलाले यस विषयमा बुधबार बिहान ट्विटरबाट टिप्पणी गरेपछि जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. भट्टराईले पनि लगत्तै ट्विटरबाटै जवाफ फर्काएका हुन्।
‘रअ’ प्रमुख सामन्तले भेटेका भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको हुँदा भारत फर्केपछि सायद सामन्त पनि आइसोलेसनमा बसेका होलान् भनी लेखेको द प्रिन्टले पछि सो अंश सच्याएको छ।
खगेन्द्र सॅग्रौलाजस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्य/न्याय,बुद्धि/विवेकको के अपेक्षा गर्नु?भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश! बिपी र पिएललाई बाचुन्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश! अनि हामी पछि नपरे को त? https://t.co/JoG2jXLZ7y
— Baburam Bhattarai (@brb1954) October 28, 2020

प्रतिक्रिया