प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले नेकपाको सरकारले आफ्नै कार्यकर्ताको हत्याको जाहेरी समेत लिन नमानेको आरोप लगाएका छन्।
उनले कार्यकर्ताको हत्यासम्बन्धी जाहेरी लिन नमानेर नेकपा सरकारले कस्तो सन्देश दिन खोजेको हो भनि प्रश्न समेत उठाएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै उनले पर्साका नेकपा कार्यकर्ता मुकेश चौधरीको हत्याको उजुरी लिन नेकपाकै सरकार नमानेको आरोप लगाएका हुन्।
उनले नेकपा राज्यसत्तामा न्याय मरेको र सरकार हत्याराको संरक्षणमा लागेको हो भनि प्रश्न उठाएका छन्।
‘नेकपा कै सरकार ! नेकपा कै कार्यकर्ता मुकेश चौरासियाको हत्या ! मुकेशको हत्यासम्बन्धी जाहेरीसमेत दर्ता गर्न मान्दैन राज्यसत्ता ! यस घट्नाबाट नेकपाको राज्यसत्ताले कस्तो सन्देश दिन खोजेको हो? नेकपाको राज्यसत्तामा न्याय मरेकै हो? नेकपाको राज्यसत्ता हत्याराहरुको संरक्षक हो?’, प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै ट्विटरमा नेता गुरुङले लेखेका छन्।
नेकपा कै सरकार! नेकपा कै कार्यकर्ता मुकेश चौरासियाको हत्या! मुकेशको हत्या सम्बन्धि जाहेरी समेत दर्ता गर्न मान्दैन राज्यसत्ता! यस घट्नाबाट नेकपाको राज्यसत्ताले कस्तो सन्देश दिन खोजेको हो? नेकपाको राज्यसत्तामा न्याय मरेकै हो? नेकपाको राज्यसत्ता हत्याराहरुको संरक्षक हो? @PM_Nepal
— Dhan Raj Gurung (@dhanrgrg) October 27, 2020गएको कार्तिक ६ गते पर्साको विन्दवासिनी गाउँपालिका ५ मा नेकपाको गाउँकमिटीको सपथग्रहण कार्यक्रममा असन्तुष्ट पक्षबाट आक्रमण भएपछि झडप भएको थियो। झडपमा परी नेकपाका जिल्ला सदस्य तथा गाउँ कमिटी सचिव मुकेश चौरसिया लगायत दुवै तर्फका पाँचजना घाइते भएका थिए।
टाउकोमा गम्भीर चोट लागेका चौरसियाको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया