नेपाली समयअनुसार बुधबार राति १ बजेर ४५ मिनेटमा च्याम्पियन्स लिगमा युभेन्ट्स र बार्सिलोनाबीच प्रतिस्पर्धा हुँदैछ।
ग्रुपस्टेजकै खेलमा रोनाल्डो र मेस्सी लामो समयपछि आमने–सामने हुन लागेका थिए।
तर रोनाल्डो दोस्रोपटक पनि कोरोना पोजिटिभ देखिएपछि उनले बार्सासँगको खेल खेल्न नपाउने भएका हुन्।
रोनाल्डो टोलीमा नपरेको युभेन्ट्सले जानकारी दिइसकेको छ। यसअघि ग्रुप स्टेजको पहिलो खेलमा दुवै क्लबले जित निकालेका थिए। एजेन्सी

प्रतिक्रिया