ad ad

राजनीति


चीनसँगको विवादबीच भारत र अमेरिकाले ‘बेका’ रक्षा सम्झौतामा गरे हस्ताक्षर

चीनसँगको विवादबीच भारत र अमेरिकाले ‘बेका’ रक्षा सम्झौतामा गरे हस्ताक्षर

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार १०:३३,

मंगलबार दिल्लीमा भारत र अमेरिकी अधिकारीहरुले सम्झौतामा हस्ताक्षर गरेको बीबीसीहिन्दीले जनाएको छ।

हाल चीनसँग अमेरिका र भारत दुवैको विवाद छ। यसबीचमा अमेरिका र भारतले बेका सम्झौतामा हस्ताक्षर गरेर भूउपग्रहको डेटा तथा जानकारीहरु साझा गर्ने सहमति गरेका हुन्।

भारत भ्रमणका लागि सोमबार अमेरिकी विदेशमन्त्री माइक पोम्पिओ र रक्षामन्त्री मार्क एस्पर भारत आइपुगेका थिए।

  क्रमशः मार्क एस्पर, माइक पोम्पिओ, राजनाथ सिंह र एस जयशंकर

मंगलबार यी दुईमन्त्रीले टु प्लस टु बैठकमा भारतका रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँग भेटघाट गरेका थिए।

मिसाईल, ड्रोन र अन्य हतियारहरु आक्रमणका लागि यो डेटा साझा गर्ने सम्झौता महत्वपूर्ण मानिने बताइएको छ।

चीनको खतरालाई मध्यनजर गर्दै भारत र चीनले मजबुत सम्बन्ध बनाउने प्रयास गरेको विश्लेषकहरु बताउँछन्।

मंगलबार दुई देशका मन्त्रीहरुले खुला इन्डो प्यासिफिक क्षेत्रको रक्षा गर्ने र चिनियाँ कम्युनिस्ट पार्टीको त्रास र खतराविरुद्ध एक हुने विषयमा पनि छलफल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .