राजनीति


रुसद्वारा उत्तर सिरियामा हवाई हमला, टर्की समर्थक ५० भन्दा बढी लडाकुको मृत्यु

रुसद्वारा उत्तर सिरियामा हवाई हमला, टर्की समर्थक ५० भन्दा बढी लडाकुको मृत्यु

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार ०:५४,

उत्तर सिरियाको इडलिब प्रान्तमा रुसले गरेको हवाई हमलामा ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु भएको छ।

बीबीसीले दिएको खबरअनुसार घटनामा कैयौं लडाकु घाइते भएका छन्। हवाई हमलापछि त्यस क्षेत्रमा हिंसा बढेको छ।

फेयलक अल साम नामक संगठनको प्रशिक्षण आधारलाई निशाना बनाएर आक्रमण गरिएकाे थियाे। 

यस आक्रमणपछि रुस र टर्कीको मध्यस्थतामा इडलिबमा गरिएकाे युद्धविराम खतरामा परेको छ।

सिरियामा जारी गृहयुद्धमा रुस र टर्कीका विरोधी पक्षले समर्थन गरिरहेका छन्।

बेलायतस्थित मानव अधिकार संगठन सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मारिएका लडाकुकको संख्या ७८ सम्म पुग्न सक्छ। किनकि धेरै जना घाइतेको अवस्था गम्भीर छ, जसले गर्दा मृतकको संख्या बढ्ने सम्भावना छ।

संगठनले भनेकाे छ- मार्चमा गरिएकाे युद्धविरामयता याे सबैभन्दा ठूलाे हमला हाे। हमला इडलिब सहरकाे उत्तर-पश्चिममा भएकाे हाे।

युद्धविराम लागू भएयता त्यस क्षेत्रमा सिरियाका सेनाले हमला राेकेका थिए। जहाँका १० लाखभन्दा बढी व्यक्तिले घर छाडेका छन्। युद्धविराम भएपछि यहाँबाट पलायन हुने क्रम पनि राेकिएकाे थियाे।

युद्धविरामका बेला टर्कीले भनेकाे थियाे- सिरियाका राष्ट्रपति बसर अल असद समर्थक सेनाले आक्रमण गरेका खण्डमा आफूलाई पूर्ण शक्तिका साथ त्यसकाे जवाफ दिने अधिकार हुनेछ।  

सिरियामा ९ वर्षदेखि गृहयुद्ध जारी छ। इडलिब- विरोधी र जिहादीको कब्जामा रहेकाे अन्तिम प्रान्त हो। देशका अन्य क्षेत्रबाट त राष्ट्रपति बसर अल असदका समर्थक सेनाले विद्रोहीलाई लखेटिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad