समाज


संक्रमित बिरामीलाई संक्रमित स्वास्थ्यकर्मीले लगाइदिए दसैंको टीका र जमरा

 संक्रमित बिरामीलाई संक्रमित स्वास्थ्यकर्मीले लगाइदिए दसैंको टीका र जमरा

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार ०:४२,

दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमितले संक्रमित स्वास्थ्यकर्मीकै हातबाट दसैंको टीका लगाएका छन्।

अस्पतालका व्यवस्थापक द्रोण वलीसहितका स्वास्थ्यकर्मीले अस्पतालमै संक्रमितालई टीका र जमरा लगाइदिएका हुन्। स्वास्थ्यकर्मी वली आफैं कोरोना संक्रमित हुन्।

संक्रमितले यस वर्ष दसैं मनाउन नपाएकाले अस्पतालमै भए पनि टीका लगाइदिएको व्यवस्थापक वलीले बताए। ‘यस वर्ष कोरोनाले गर्दा दसैंको रौनक छैन, धेरै व्यक्ति अहिले कोरोना संक्रमित हुनुहुन्छ, त्यसैले दसैं मनाउन पाउनु भएन’ उनले भने, ‘संक्रमितको आत्मबल वृद्धि गर्नका लागि हामीले दसैंको टीका लगाइदिएका हौं।’

वलीले आफूसहित अहिले अस्पतालमा १८ संक्रमित रहेको जानकारी दिए। ‘म आफैँ पनि कोरोना संक्रमित हुँ, अहिले अस्पतालमा म पनि उपचारकै क्रममा छु,’ उनले भने।

संक्रमित पाँच जनालाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । पछिल्लो समय दाङमा लक्षणसहितका संक्रमित देखिने क्रम बढ्दै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad