राजनीति


अमेरिकाका विदेशमन्त्री पम्पिओ र रक्षामन्त्री एस्पर भोलि भारत आउँदै

अमेरिकाका विदेशमन्त्री पम्पिओ र रक्षामन्त्री एस्पर भोलि भारत आउँदै

नेपालखबर
कात्तिक १०, २०७७ सोमबार ७:२०,

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पम्पिओ र रक्षामन्त्री मार्क एस्पर भारत भ्रमणमा आउने भएका छन्।

भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि उनीहरू मंगलबार भारत आउने भएका हुन्।

बैठकमा खासगरी विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत-प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रवर्द्धनका लागि सहयोग बढाउनेबारे छलफल हुनेछ।

भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंह रहनेछन्। भारत र अमेरिकाबीचको यो तेस्रो उच्चस्तरीय बैठक हो।

अमेरिकी विदेशमन्त्री पोम्पिओले ट्वीट गर्दै भनेका छन्, ‘म भारत, श्रीलंका, माल्दिभ्स र इन्डोनेसियाको भ्रमणमा जाँदै छु। स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रका मुलुकहरूबीच अझ स्वतन्त्र, सुदृढ र समृद्ध मुलुकको निर्माणमा साझा धारणा बनाउनु मेरो भ्रमणको मुख्य उद्देश्य हो।’

भारत र अमेरिकाबीचको वार्तामा क्षेत्रीय सुरक्षा सहयोग, प्रतिरक्षा सूचना आदानप्रदान, सैनिक–सैनिकबीचको अन्तरक्रिया तथा प्रतिरक्षा व्यापार पनि समावेश हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

यसअघि दुई मुलुकबीच सेप्टेम्बर २०१८ मा नयाँदिल्लीमा र सन् २०१९ मा वासिङट्न डिसीमा यस्तै मन्त्रीस्तरीय बैठक भएका थिए। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad