राजनीति


पर्सा घटनाबारे प्रचण्डले भने : हत्याजस्तो अपराधमासमेत मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्य

पर्सा घटनाबारे प्रचण्डले भने : हत्याजस्तो अपराधमासमेत मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्य

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार १३:५,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार पर्सामा मारिएका नेकपाका जिल्ला सदस्य मुकेश चौरसियाका हत्यारालाई कडा कारबाही गर्न माग गरेका छन्।

आइतबार विज्ञप्ति प्रकाशित गरी प्रचण्डले हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय भएको बताएका छन्।

उनले दोषी जोसुकै भएपनि कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेका छन्।

बिहीबार पर्साको विन्दवासिनी गाउँपालिकामा नेकपाकै दुई समूहबीच झड्प हुँदा गाउँपालिकाका सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्या भएको थियो।

प्रहरीले उक्त हत्यामा संलग्नलाई कारबाही गर्नका लागि जाहेरीसमेत लिन अस्वीकार गरेको भन्दै नेकपाका नेता कार्यकर्ताहरुले पर्सामा प्रदर्शन गरिरहेका छन्।

यस्तो छ प्रचण्डको विज्ञप्ति
‘गत ६ कार्तिक २०७७ का दिन पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको सपथ ग्रहण कार्यक्रममा केही अवाञ्छित तत्वहरुको आक्रमणमा परी पार्टी जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव कमरेड मुकेश चौरसियाको हत्या भएको कुरा सर्वविदत नै छ।

यस सम्बन्धमा पार्टी ज्लिा कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भत्र्सना गर्दै क. चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यारालाई कडा कारवाही गर्न माग गर्दै वक्तव्य जारी भएको पनि विदित नै छ।

म पार्टी केन्द्रको कार्यकारी अध्यक्षको हैसियतले उक्त वक्तव्यको समर्थन गर्दै दोषी जोसुकै भएपनि कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु।

हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ। म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकल परिवारजनमा समवेदना प्रकट गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad