ad ad

राजनीति


सांसद राधेश्याम पासवान गम्भीर बिरामी, हेलिकप्टरमार्फत काठमाडौं लगियो

सांसद राधेश्याम पासवान गम्भीर बिरामी, हेलिकप्टरमार्फत काठमाडौं लगियो

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार १०:४६,

राष्ट्रिय सभाका सांसद राधेश्याम पासवान एक्कासि गम्भीर बिरामी परेपछि उपचारका लागि काठमाडौं लगिएको छ।

सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानी घर भएका पासवान शनिबार दिउँसो घरमै एक्कासि बेहोस भएपछि केहीबेर अघि उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको सत्तारुढ दल नेकपा सर्लाही जिल्ला कमिटीका सचिव कमल बुढाथोकीले जानकारी दिए।

हरिवनस्थित स्वाभिमान अस्पतालमा सामान्य उपचारपछि उनलाई दिउँसो सवा ४ बजे काठमाडौं लगिएको हो। पासवान नेकपाबाट निर्वाचित राष्ट्रियसभा सदस्य हुन्।

पासवानलाई पक्षघात भएको आशंका चिकित्सकले गरेका छन्।

‘उहाँको देब्रे अंगमा प्यारालाइसिसको समस्या देखिएपछि काठमाडौं पठाएका छौँ,’ सचिव बुढाथोकीले भने, ‘उहाँलाई तत्कालै बल्खुस्थित बयोधा अस्तालमा भर्ना गर्ने व्यवस्था मिलाइएको छ।’ बयोधमा आइसियु र भेन्टिलेरको व्यवस्था मिलाएर उनलाई हेलिकप्तर मार्फत् काठमाडौं लगिएको हो।

सांसद पासवान बिरामी भएको जानकारी पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले हरिवनस्थित अस्पतालमै पुगेर उनलाई भेटेका छन्। मन्त्री यादव बिगत दुई दिनदेखि सर्लाहीमै छन्।

त्यसैगरी नेकपाका केन्द्रीय सदस्यद्वय प्रल्हाद बुढाथोकी र अच्युतम काफ्ले, प्रदेश २ का सांसद डिल्ली उप्रेती, बेची लुंगेली लगायतका नेताले पनि सांसद पासवानलाई अस्पतालमै पुगेर भेटेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .