निशान मोटर्सको बहुप्रतिक्षित ‘बिग, बोल्ड, ब्युटिफुल’ बी–एसयूभी म्यागनाइट अनलाइनमार्फत विश्वव्यापीरुपमा सार्वजनिक भएको छ।
निशान मोटर्सको लागी नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्प ले जनवरी २०२१ मा निशान म्यागनाइट लञ्च गर्ने पूर्व तयारी सुरु गरेको छ।
यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एसयूभीमा स्पोर्टी लुक्स सहित एलईडी हेडल्याम्प, एलईडी डीआरएल, फ्लोटिङ्ग रुफ, डुवल टोन बडी पेन्ट, डुवल टोन रियर बम्पर जस्ता विशेषताहरु समावेश गरिएका छन्।
निशान म्यागनाइट १.० लिटर पेट्रोल इञ्जिनको दुई वटा भेरियन्टमा उपलब्ध हुनेछ। जसमा एउटा नेचुरली एसपिरेटेड इञ्जिन हो भने अर्काे टर्बाेचाज्र्ड इञ्जिन हुनेछ।
निशान म्यागनाइटमा ८ इञ्च फुल फ्लस टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इञ्च टीएफटी ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा लगायत विभिन्न फिचरहरु उपलब्ध छन्।
विभिन्न अत्याधुनिक विशेषताहरु समावेश भएको निशान म्यागनाइट आफ्नो सेगमेन्टको गेमचेन्जर बन्ने अपेक्षा गरिएको छ। नेपाली बजारमा भित्रिने यस एसयूभीको मूल्यको आधारमा यो गाडी एकदम उचित र प्रिमियम रहेको छ।
Shares

प्रतिक्रिया