ad ad

राजनीति


भारतले हाम्रा एक सैनिक समातेको छ, आशा छ फिर्ता गर्नेछ : चीन

भारतले हाम्रा एक सैनिक समातेको छ, आशा छ फिर्ता गर्नेछ : चीन

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार ०:५३,

आफ्नो भूमिमा प्रवेश गरेको आरोपमा भारतले एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको छ।

बीबीसीका अनुसार पूर्वी लद्दाखको डेमचक क्षेत्रबाट भारतीय सेनाले चीनका एक सैनिक पक्राउ गरेको हो।

ती चिनियाँ सैनिकले सीमाको वास्तविक नियन्त्रण रेखा कटेर भारततर्फ आएको भारतीय सेनाको आरोप छ।

भारतीय सेनाका अनुसार चीनको पिपुल्स लिवरेसन आर्मी (पीएलए) लाई उक्त सैनिकका विषयमा जानकारी उपलब्ध गराउन अनुरोध गरिएको छ। त्यसपछि निर्धारित नियमबमोजिम उनलाई फिर्ता गरिने छ।

भारतले फिर्ता गर्नेछ : चीन

चीनकाे पत्रिका ग्लोबल टाइम्सका अनुसार एकजना गाेठालाेलाई मद्दत गर्ने क्रममा आइतबार राति पीएलएका एक सैनिक भूलवश सीमा पारि पुगेका हुन्।

याे थाहा भएपछि चीनले यसकाे सूचना तुरुन्त भारतलाई दिएकाे छ र भारत ती सैनिक फिर्ता गर्न राजी भइसकेकाे छ।

ग्लोबल टाइम्सका अनुसार पीएलए वेस्टर्न थिएटर कमान्डका प्रवक्ताले भनेका छन्- हामीलाई आशा छ, भारतले आफ्नाे वाचा पूरा गर्नेछ र हाम्रा सैनिक फिर्ता गर्नेछ। साथै साताैँ चरणकाे सैन्य-कूटनीतिक वार्ताको सहमति लागू गर्न चीनसँग मिलेर काम गर्नेछ र सीमा क्षेत्रमा शान्ति कायम गर्ने दिशामा लाग्नेछ।

केही महिनायता भारत र चीनबीच सीमा क्षेत्र लद्दाखमा विवाद भइरहेको छ। खासगरी गत जुन १५ तारिख त्यहाँको गलवान उपत्यकामा दुई देशका सैनिकबीच हिंस्रक झडप भएयता दुई देशबीच तनाव भइरहेको छ।

त्यस झडपमा भारतका २० सैनिक मारिएका थिए। तर चीनतर्फ के कति हताहती भए वा भएनन् भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

उक्त झडपपछि दुई देशका सैनिकबीच पटकपटक वार्ता गरी झगडा नगर्ने सहमति गरिए पनि बेलाबेला दोहोरो फायरिङ भइरहेका छन्। तर पनि दुई पक्षबीच सहमतिका लागि प्रयास जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .