राजनीति


मन्त्रिपरिषदका सदस्यहरुको दशैँखर्च कोभिड नियन्त्रण कोषमा

मन्त्रिपरिषदका सदस्यहरुको दशैँखर्च कोभिड नियन्त्रण कोषमा

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार १२:६,

सरकारले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषदका सदस्यहरुले पाउने दशैँ खर्चको रकम कोभिड नियन्त्रण कोषमा जम्मा गर्ने भएको छ।

असोज २६ र २९ गतेको मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन्।

यस्तै, प्रदेश र स्थानीय तहका पदाधिकारीहरुको पनि दशैँ खर्च मन्त्रिपरिषदले निर्णय गरे जस्तै कोरोना कोषमा जम्मा गरिने उनले जानकारी दिए।

त्यस क्रममा मन्त्री गुरुङले सरकारले कोरोनाको उपचारमा हात झिकेको भन्ने भनाई गलत रहेको बताए। उनले सरकारले जनताको उपचार गर्ने जिम्मेवारीबाट पन्छिएको नभई सक्नेले पैसा तिर्न र नसक्ने विपन्न वर्गलगायत ज्येठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको उपचार सरकारले गर्ने स्पष्ट पारे।

उनले काठामाडौं उपत्यकामा रहेका क्वारेन्टिन सेन्टरहरुलाई आईसोलेसनमा परिणत गरिएको पनि जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad