भैरहवास्थित भीम अस्पतालमा आजदेखि ओपीडि सेवा बन्द गरिएको छ।
कोरोना संक्रमणका कारण ओपीडी सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलले जानकारी दिए।
अस्पतालमा कार्यरत चिकित्सक, नर्स, कर्मचारीलगायत ११ जना कोरोना संक्रमित भएका छन्।
चिकित्सक लगायत कर्मचारी संक्रमित भएपछि काम गर्ने जनशक्तिको अभाव हुन थालेकाले ओपीडि सेवा बन्द गर्नु परेको उनले बताए। ओपीडि सेवा बन्द गर्ने निर्णय अस्पताल प्रशासनले आइतवार गरेको थियो।
कर्मचारी बिचर्मै एक अर्कालाई सर्ने जोखिम धेरै भएकाले ओपीडि सेवा दशैंसम्मका लागि बन्द गरिएको अस्पतालले जनाएको छ।
ओपीडी बन्द भए पनि प्रसुती सेवा, इमर्जेन्सी कक्ष, ड्रेसिङ, इन्जेक्सनको सेवा भने सुचारु राखिएको छ।
81
Shares

प्रतिक्रिया