ad ad

राजनीति


यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले लगाइदिने छैनन् सर्वसाधारणलाई दसैंको टीका

यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले लगाइदिने छैनन् सर्वसाधारणलाई दसैंको टीका

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ०:४,

यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई दसैंको टीका नलगाउने भएका छन्।

कोरोना संक्रमणको जोखिम उच्च रहेकाले यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नराखिएको हो।

त्यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम राखेका छैनन्। उनले विज्ञप्ति नै जारी गरेर दसैंमा टीकाको कार्यक्रम नराखिएको जानकारी गराइसकेका छन्। गणतन्त्र कालमा पनि ज्ञानेन्द्र शाहले पूरानै रबाफमा नागरिकलाई दसैंको टीका लगाइदिने गरेका थिए।

त्यस्तै दसैंमा राष्ट्रपति र प्रधानमन्त्रीले पनि उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, सुरक्षानिकायका प्रमुखहरू, संवैधानिक आयोगका प्रमुख, मन्त्री, नेता, सर्वसाधारण लगायतलाई दसैंको टीका लगाइदिने गरेका थिए। जसको कतिपय पक्षबाट आलोचनासमेत हुने गरेको थियो। यस वर्ष दसैंको टीका १० कात्तिकमा परेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले विगतको जस्तो यस वर्ष दसैंको टीका लगाउने कार्यक्रम नराखिएको बताए। ‘एक दुई दिनमा यस विषयमा आधिकारीक रूपमा जानकारी दिइने छ,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस पटकको दसैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम राखेका छैनन्। बालुवाटार स्रोतका अनुसार कोरोना संक्रमणको जोखिम उच्च रहेका कारण यसपटक टीका लगाउने कार्यक्रम नराखिएको हो।

गत वर्ष प्रधानमन्त्री ओलीले तीन दिनसम्म पनि सर्वसाधारणलाई दसैंको टीका लगाइदिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .