ad ad

राजनीति


कोरोना नियन्त्रणमा सरकार कहाँ चुक्यो? कांग्रेसको अनुगमन समितिका यस्ता छन् १० निष्कर्ष र ८ सुझाव

कोरोना नियन्त्रणमा सरकार कहाँ चुक्यो? कांग्रेसको अनुगमन समितिका यस्ता छन् १० निष्कर्ष र ८ सुझाव

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार १२:२३,

नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समितिले कोरोना महामारी नियन्त्रणमा सरकार गैरजिम्मेवार तथा असफल बनेको निष्कर्ष निकालेको छ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार कहाँ कहाँ चुक्यो भनी १०–बुँदे फेहरिस्त सार्वजनिक गरेको छ।

शुक्रबार सार्वजनिक गरेको समितिको सो प्रतिवेदनमा कांग्रेसले अब सरकारले तत्काल गर्नुपर्ने कामहरुको ८–बुँदे सूचीसमेत सुझाएको छ।

सरकारको गैरजिम्मेवारपूर्ण गतिबिधिकै कारण नेपालमा कोभिड—१९ महामारी चिन्ताजनक स्थितितर्पm उन्मुख भएको प्रमुख प्रतिपक्षी दलको ठहर छ।

‘कोभिड—१९ संक्रमण संख्या हरेक दिन बढ्दै गइरहेको छ। झण्डै ७०० जनाको दुःखद निधन भइसकेको छ। गत २४ घण्टाको तथ्याङ्क हेर्दा प्रति घण्टा १५६ जना संक्रमित भइरहेका छन् भने प्रति डेढ घण्टामा एक जनाको जीवन अन्त्य भइरहेको दुःखद स्थिति छ। यथेष्ट परिक्षणको व्यवस्था हुने हो भने यो संख्या धेरै बढ्न सक्ने देखिन्छ,’ सो प्रतिवेदनमा उल्लेख छ।

कांग्रेसले सो पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा कोभिड–१९ अनुगमन समिति गठन गरेको हो।

समितिले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनका निष्कर्ष र सुझावहरु विस्तृतमा:

Congress-report-1.jpg

Congress-report-2.jpg

Congress-report-3.jpg

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .