ad ad

समाज


भारतसँगको विवादबीच चीनले बनायो सुसाइड ड्रोन, ड्रोनको झुण्डले यसरी गर्छ आक्रमण..

भारतसँगको विवादबीच चीनले बनायो सुसाइड ड्रोन, ड्रोनको झुण्डले यसरी गर्छ आक्रमण..

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार १२:११,

यस ड्रोन हतियार कम बजेटमा निर्माण गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

हालै निर्माण गरिएको यस सुसाइड ड्रोन झुण्डमा प्रयोग गरिनेछ जसका कारण दुश्मनलाई आक्रमण गर्न परास्त गर्न सहज हुने बताइएको छ।

ड्रोनमा क्यामेरा जडान गरिएको छ त्यसकारण यसले लक्षित दिशामा पुगेर आत्मघाती आक्रमण गर्नसक्छ।

यस सुसाइड ड्रोन चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कर्पोरेसनले विकास गरेको हो। हालै यस ड्रोनको परीक्षण गरिएको थियो। जसले यस ड्रोन लक्षित दिशामा पुगेर आक्रमण गर्न सफल भएको थियो।

(भिडियो)

यो ड्रोनलाई ट्रक र हेलिकप्टरबाट प्रयोग गर्न सकिनेछ। हालको सुसाइड ड्रोन चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनले बनाएको मानवरहित विमानजस्तै भएको बताइएको छ।

गत जनवरीमा अमेरिकाले इरानी कमाण्डर कासिम सुलेमानीलाई ड्रोन आक्रमण गरेर हत्या गरेको थियो।

उडेर विभिन्न स्थानमा पुग्ने भएकाले ड्रोन हतियारलाई एक महत्वपूर्ण हतियारको रुपमा हेर्ने गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .