ad ad

राजनीति


पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार १०:२१,

स्वास्थ्यमा समस्या देखिएपछि ह्याम्स अस्पताल भर्ना भएका नेकपाका वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार पूर्वप्रधानमन्त्री खनालकाे स्वास्थ्यमा सुधार भएपछि खनाल आज (शुक्रबार) दिउँसो राजधानीको मण्डिखाटारस्थि ह्याम्स अस्पतालबाट डिस्चार्ज भएका हुन्।

‘अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ,’ भट्टराईले भने, ‘अब घरमै आराम गर्नुहुनेछ।’

खनालको ब्लड प्रेसर अस्वभाविकरुपमा घटबढ भएको र स्वासप्रस्वासमा पनि केही समस्या देखिएको थियो। अहिले सबै कुरा सामान्य छ।

खनाल बुधबार सो अस्पताल भर्ना भएका थिए। भट्टराईका अनुसार उनको सोही दिन गरिएको पीसीआर परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।

‘उहाँ २८ गते भर्ना हुनुभयो, त्यसलगत्तै गरिएको पीसीआर परीक्षण समेत नेगेटिभ आयो, ब्लड प्रेसर एक्कासी बढेपछी दुई दिन भर्ना गरेरै राखिएको हो,’ भट्टराईले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .