ad ad

राजनीति


बाबुरामलाई प्रधानमन्त्रीको जवाफ : हामी त्यस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौँ

बाबुरामलाई प्रधानमन्त्रीको जवाफ : हामी त्यस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौँ

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार ६:७,

प्रधानमन्त्री केपी शर्मा ओलीले बुढी गण्डकीका बारेमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लगाएको आरोपमा कुनै सत्यता नभएको बताएका छन्। उनले भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार र निराधार भएको बताएका छन्।

शुक्रबार नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले आफूहरुले त्यस्तो अनैतिक हर्कत नगर्ने बताएका छन्।

‘केही गैरजिम्मेवार तत्वहरु गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘निर्णय नभएको, कार्यारम्भ नभएको र हुन्छ–हुँदैन भन्ने निश्चितसमेत नभएको परियोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेतले अरब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको सुनेको छु।’

उनले आफूहरु डा. भट्टराईजस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन नसक्ने बताए। उनले गलत सूचना दिएर जनता नभड्काउनसमेत आग्रह गरे।

‘हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं, त्यति अनुत्तरदायी हुन सक्दैनौं,’ प्रधानमन्त्री ओलीले भने, ‘देश र जनतालाई गलत सूचना दिएर भ्रममा पारेर, भड्काएर, गलत बाटोमा लाने कुचेष्टा र त्यस्ता हर्कत हामी गर्न सक्दैनौं।’

प्रधानमन्त्री ओलीले अपराधविरुद्ध र भ्रष्टाचारविरुद्ध सरकारले शून्य सहनशीलताको नीति लिएको बताउँदै अन्य कुरामा भने सहनशीलताका साथ सरकार अघि बढेको बताए।

डा. भट्टराईले केही दिनअघि गोरखामा आयोजित एक कार्यक्रममा सार्वजनिक रुपमै प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताएका थिए।

यसअघि नै सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल कांग्रेसले विज्ञप्ति नै निकालेर उक्त आरोपको खण्डन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .