ad ad

राजनीति


चीनका राष्ट्रपति सीले आफ्ना सेनालाई भने : युद्धका लागि तयार रहनू

चीनका राष्ट्रपति सीले आफ्ना सेनालाई भने : युद्धका लागि तयार रहनू

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार ३:२९,

भारतसँगको सीमा पूर्वी लद्दाखमा विवाद बढिरहेका बेला चीनका राष्ट्रपति सी चिनफिङले आफ्ना देशका सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले गुआङडोङ प्रान्तस्थित सैनिक क्याम्पको भ्रमण गर्ने क्रममा उनले चिनियाँ सैनिक संगठन पिपुल्स लिवरेसन आर्मी (पीएलए) लाई दिल दिमागदेखि नै युद्धका लागि तयार रहन निर्देशन दिएका हुन्।

उनी मंगलबार माथि उल्लिखित प्रान्तको छाओझु सहरस्थित पीएलए क्याम्पसमा पुगेका थिए। त्यस क्रममा उनले ‘युद्धका लागि हाई अलर्टमा बस्न र मनैदेखि तयारी रहन निर्देशन दिएको’ भारतीय पत्रिका दैनिक भास्करले दाबी गरेको छ।

उनी गुआङडोङ प्रान्तमा स्पेसल इकोनोमिक्स जोनको ४०औं वार्षिकोत्सवका अवसरमा त्यहाँ पुगेको बताइएको छ।

यसअघि चीनको विदेश मन्त्रालयले अमेरिकाले ताइवानलाई अत्याधुनिक हतियार बेच्न कुरा गरिरहेको खबर आएको बताएको थियो। उसले भनेको थियो- चीनले यसको जवाफ दिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .