ad ad

समाज


मुलपानीमा तीब्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु

मुलपानीमा तीब्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार ३:३८,

काठमाडौंको मुलपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।

दुर्घटनामा सिन्धुपाल्चोकका ४२ वर्षीय सिंहबहादुर तामाङको मृत्यु भएको हो। तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

गएराति बा १८ प ८४२१ नम्बरको मोटरसाइकल मूलपानी क्रिकेट मैदान नजिकको सडकमा दुर्घटना हुँदा तामाङको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएको तामाङको उपचारको क्रममा शंखरापुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोक स्थायी घर भएका उनी काठमाडौं बस्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .