ad ad

समाज


सवारी दुर्घटना न्यूनीकरण गर्न चितवनमा पहिलोपटक ‘लाइडर गन’को प्रयोग

सवारी दुर्घटना न्यूनीकरण गर्न चितवनमा पहिलोपटक ‘लाइडर गन’को प्रयोग

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार ३:२६,

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘लाइडर गन’मार्फत सवारी साधनको जाँच शुरु गरेको छ।

चाडपर्वमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि मुख्य राजमार्ग क्षेत्रमा ‘लाइडर गन’ मार्फत जाँच शुरु गरिएको हो। लाइडर गनले तोकिएको भन्दा बढी गतिमा सवारी चलाउने चालकको फोटो, भिडियो र सवारीको गति कैद गर्छ।

जिल्लामै पहिलोपटक अत्याधुनिक लाइडर गनमार्फत जाँच शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए।

अधिकांश गम्भीर प्रकृतिका दुर्घटना तीब्र गतिकै कारण हुने भएकाले लाइडर गर्नमार्फत् सवारी साधनको गति कम गर्न खोजिएको भट्टले जानकारी दिए। ‘चाडपर्व लक्षित गरेर यो अभियान सञ्चालन गरेका छौँ’, उनले भने, ‘यसलाई पछिसम्म निरन्तरता दिनेछौँ। सवारी साधन चलाउँदा संयमित र अुनशासित हुन जरुरी छ।’

लाइडर गर्न मार्फत् गति मापन गरेर ट्राफिक प्रहरीले पहिलो दिनमै तीब्र गतिमा सवारी चलाउने ४१ जना सवारी चालकलाई कारवाहीसमेत गरेको छ।

चितवन सबैभन्दा धेरै सवारी दुर्घटना हुने जिल्लामा पर्छ। ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणकै लागि जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक बोर्डसमेत राखेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .