राजनीति


राज्यमन्त्रीसँग मिलेर ‘परिणाम देखिने’ काम गर्ने सहरी विकासमन्त्रीको प्रतिवद्धता

राज्यमन्त्रीसँग मिलेर ‘परिणाम देखिने’ काम गर्ने सहरी विकासमन्त्रीको प्रतिवद्धता

नेपालखबर
असोज २९, २०७७ बिहिबार ९:२७,

नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन्।

मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाएका हुन्।

मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहेका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने उनले बताए।

जस्तोसुकै चुनौती आएपनि दुवै जनाको संयुक्त प्रयासले चिर्ने प्रयास गर्ने श्रेष्ठको भनाई छ। प्रतिकुलतासँग झस्केर बर्वाद भयो भनेर कहिले पनि निराश नबन्ने उल्लेख गर्दै उनले प्रतिकुलताभित्र अनुकुलता सिर्जना गरिने कामको परिणाममा आफूले विश्वास गर्ने उनले बताए।

उनले कुरा भन्दा पनि काम र परिणामलाई विश्वास दिने पनि बताए।

श्रेष्ठले आज विहान पद तथा गोपनियताको सपथ लिएका थिए। शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट श्रेष्ठसँगै विष्णु पौडेल र लिलानाथ श्रेष्ठले पनि पद तथा गोपनियताको सपथ लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad