रुपन्देहीमा थप एक जना कोरोना भाइरस संक्रमितको पुरुषको मृत्यु भएको छ।
जिल्लाको कञ्चन गाउँपालिकाका ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो १ बजे भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए।
उनमा श्वासप्रश्वास, मुटु, किड्नी, ब्लडप्रेसरको समस्या रहेको अस्पतालले जनाएको छ। मृतक ती पुरुषमा यही असोज २७ गते कोरोना पुष्टि भएको थियो।
स्वास्थ्यमा समस्या आएपछि उनी बुधबार साँझ ८ः३० बजे भीम अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा उपचारकै क्रममा उनको आज दिउँसो मृत्यु भएको हो।
अस्पतालमा ३९ जना लक्षणसहितका विरामी उपचाररत रहेको सूचना अधिकारी डा. पोखरेलले बताए।

प्रतिक्रिया