ad ad

राजनीति


कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो

नेपालखबर
असोज २८, २०७७ बुधबार १३:४०,

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दशैँ तिहारपछि बस्ने भएको छ। यसअघि दुई पटक मिति तय भएर स्थगित भएको बैठक दशैँ तिहार पछि मात्रै बस्ने भएको हो।

कोरोनाको संक्रमण बढेको र धेरै जना एकैपटक भेला भएर छलफल गर्न सक्ने अवस्था नभएका कारण दशैँ अघि बैठक नबस्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

सम्भव भए कोजाग्रत पूर्णिमाको केहीदिन पछाडी सबैको पीसीआर परीक्षण गरी बैठक सञ्चालन गर्ने विषयमा पदाधिकारीबीच छलफल चलिरहेको उनले बताए । दशैँ र तिहारकोबीचमा बैठक बस्न नसके तिहारपछि बस्ने शर्माले बताए। विशेषगरी महाधिवेशनको सन्दर्भमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो।

पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले लिखित रुपमा पेश गरेको असन्तुष्टिका विषयमा पनि बैठकमा छलफल गर्ने एजेण्डा रहेको थियो।

प्रवक्ता शर्माले फागुन ७ मा पार्टीको महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यतालिका हेरफेर गर्ने, फागुनमा महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्थामा कति समयपछि गर्न सकिन्छ भन्ने विषयमा पनि अब बस्ने बैठकमा छलफल हुने बताए। फागुनमा महाधिवेशन सम्पन्न नभए जेठमा गर्ने गरी तयारी गरिने उनले बताए।

यसअघि पहिलो पटक असोज १९ गतेका लागि बोलाइएको बैठक केही केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो। दोस्रो पटक असोज २५ गतेका लागि बैठक बोलाइएको भएपनि पार्टीका पूर्व कोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .