ad ad

राजनीति


प्रधानमन्त्रीको राजीनामा र राजाको अधिकार कटौतीको माग गर्दै थाइल्यान्डमा प्रदर्शन

प्रधानमन्त्रीको राजीनामा र राजाको अधिकार कटौतीको माग गर्दै थाइल्यान्डमा प्रदर्शन

नेपालखबर
असोज २८, २०७७ बुधबार १४:१७,

थाइल्यान्डमा प्रधानमन्त्रीको राजीनामा र राजतन्त्रको अधिकार कटौतीको माग गर्दै प्रदर्शन चर्किएको छ।

थाइल्यान्डमा वर्षौँपछि सरकारमाथि यति ठूलो दबाब दिनेगरी प्रदर्शन भएको हो। सत्तामा सेना र राजाको हालिमुहाली रहेको थाइल्यान्डमा तीन महिनायता विरोध बढ्दै गएका छन्।

प्रदर्शनकारीले तत्काल प्रधानमन्त्री प्रयुथ चान ओचाको राजीनामा र नयाँ संविधानको माग गरेका छन्।
बैंककस्थित डेमोक्रेसी मोनुमेन्टमा जम्मा भएर बुधबार उनीहरुले तनाशाहीको विरोध गरेका थिए।

अर्कोतिर राजतन्त्र समर्थकहरुले पनि जुलुस निकालेपछि दुई पक्षबीच झडप समेत भएको छ। उनीहरुले राजा महा बजिरालंकर्णको मोटरकेडमा अवरोधको प्रयास पनि गरेका छन्।

थाइल्यान्डमा राजतन्त्रको विरोध वर्जित छ। तर, प्रदर्शनकारीहरुले राजाको अधिकार कटौती गर्न माग गरेका छन्।

राजावादीहरुले भने लोकतन्त्रको माग स्वभाविक भए पनि राजसंस्थाको विरोध उचित नभएको बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .