सभामुख अग्निप्रसाद सापकोटाले सांसद सानु सिवा पहाडीको निधनप्रति दुःख व्यक्त गरेका छन्।
बुधबार सामाजिक सञ्जाल ट्वीटमार्फत सभामुख सापकोटाले सांसद पहाडीप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति गहीरो समवेदना व्यक्त गरेका छन्।
— Agni Prasad Sapkota (@speaker_nepal) October 14, 2020प्रतिनिधि सभा सदस्य माननीय सानु सिवा पहाडीको उपचारका क्रममा ५८ बर्षको उमेरमा आज निधन भएकोमा दुःख व्यक्त गर्दै दिवंगत माननीय सदस्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवारजन तथा सम्पूर्ण आफन्तमा मेरो गहिरो समवेदना छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद तथा कलाकार पहाडीको ५८ वर्षको उमेरमा बुधबार निधन भएको हो।
मिर्गौला रोगबाट पीडित पहाडीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो।
3
Shares

प्रतिक्रिया