कला


भारतमा अक्टुबर १५ देखि फिल्म हल पनि खुल्ने, पहिलो हप्ता रिलिज हुँदैछन् यी ६ ठूला फिल्म

भारतमा अक्टुबर १५ देखि फिल्म हल पनि खुल्ने, पहिलो हप्ता रिलिज हुँदैछन् यी ६ ठूला फिल्म

नेपालखबर
असोज २८, २०७७ बुधबार ८:४३,

भारतमा अक्टुबर १५ गतेदेखि सिनेमा हलहरु खुल्ने भएका छन्।

 कोरोनाको महामारीका कारण केही महिनादेखि बन्द रहेका सिनेमा हलहरु पुनः सञ्चालनमा आउने भएका हुन्। फिल्महल खुल्ने भएपछि यसका पारखीहरु उत्साहित भएका छन्।

पहिलो चरणमा यसअघि नै रिलिज भएका फिल्महरु पुनः रिलिज हुने भएका छन्।

बजार विश्लेषक तरण आदर्शले सामाजिक सञ्जाल ट्विटरमार्फत फिल्म हल पुनः सञ्चालनमा आउने जानकारी दिएका हुन्।

‘यस हप्तबाट फिल्म हलहरु पुनः सञ्चालनमा आउने भएका छन्। यसहप्त ६ वटा फिल्म प्रदर्शनमा आउनेछन्। तिनमा ‘तानाजी’, ‘वार’, ‘शुभ मंगल ज्यादा सावधान’, ‘मंगल’, ‘थप्पड’ र ‘केदारनाथ’ रहेका छन्। त्यसपछि अरु सिनेमाहरु प्रदर्शनमा आउनेछन्’, उनले लेखेका छन्।

यी फिल्ममध्ये ‘केदारनाथ’ केही महिना अगाडि आत्महत्या गरेका सुशान्त सिंह राजपुतको फिल्म हो। त्यस्तै जनवरीमा रिलिज भएको तानाजीले बक्स अफिसमा राम्रो  गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad