ताइवानको राष्ट्रिय दिवसका अवसरमा भारतले नयाँ दिल्लीस्थित चिनियाँ दूतावासबाहिर शुभकाना पोस्टर टाँगेपछि चीनले कडा चेतानवी दिएको छ।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा प्रकाशित लेखअनुसार यस्ता घटनाले पहिलेदेखि तनावपूर्ण भारत-चीन सम्बधलाई अझ खराब बनाउने चेतावनी चीनका विज्ञले दिएका हुन्।
चिनियाँ विज्ञले भारतको सत्तारूढ दललाई आग्रह गरेका छन्, ‘यस किसिमको मूर्खतापूर्ण व्यवहार छाड र यसलाई यसरी बुझ्नु कि आफू आगोसँग खेलिरहेकाे छु।’
ताइवानले हरेक वर्ष अक्टोबर १० तारिखका दिन आफ्नो राष्ट्रिय दिवस मनाउँछ।
शुभकामना पोस्टरमा बीजेपी (भारतीय जनता पार्टी) दिल्लीका नेता तेजिन्दर पाल सिंह बग्गाको नाम लेखिएको छ। उनले आफ्नो ट्विटरमा समेत उक्त पोस्टर पोस्ट गरेका छन्।
#TaiwanNationalDay pic.twitter.com/EX2W6YmJzk
— Tajinder Pal Singh Bagga (@TajinderBagga) October 9, 2020
याे पनि : के अमेरिकाले ताइवानको रक्षा गर्न सक्छ?
Shares

प्रतिक्रिया