राजनीति


उत्तर कोरियाद्वारा अमेरिकासम्म पुगेर आक्रमण गर्नसक्ने अन्तरमहादेशीय क्षेप्यास्त्र सार्वजनिक

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुगेर आक्रमण गर्नसक्ने अन्तरमहादेशीय क्षेप्यास्त्र सार्वजनिक

नेपालखबर
असोज २४, २०७७ शनिबार १६:१०,

शनिबार उत्तर कोरियाको सत्ताधारी पार्टी वर्कर्स पार्टीको ७५ औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेड निकालिएको थियो।

त्यहाँ सार्वजनिक गरिएका अत्याधुनिक हतियारमध्ये अमेरिकासम्म पुगेर मार हान्नसक्ने आइसीबीएम विशेष भएको ब्लुमबर्गले जनाएको छ।

उक्त कार्यक्रम किमको उपस्थितीमा आयोजना भएको थियो। किमले सो क्रममा किमले दुश्मनका सेनाहरुले आणविक खतराका साथै विभिन्न चुनौती थपेको बताउँदै भने,‘हामी हाम्रो युद्ध क्षमताको सुदृढीकरण जारी राख्नेछौं, ताकि सबै प्रकारका जोखिमपूर्ण प्रयासहरू र खतराहरूलाई रोक्न सकौं।’

A news broadcast of file footage of a military parade showing North Korean soldiers, on Oct. 10. 

‘यदि कुनै पनि सेनाले हामी विरूद्ध शक्ति प्रयोग गर्ने कोसिस गरे भने, म तत्परतापूर्वक हाम्रो सबैभन्दा शक्तिशाली सेनालाई परिचालन गर्नेछु जसले उनीहरुलाई सजाय दिनेछन्’ किमले भने।

नयाँ आइसीबीएम सार्वजनिक गरिनुको अर्थ उत्तरले अमेरिकालाई स्पष्ट रुपमा चेतावनी दिएको विश्लेषकहरु बताउँछन्।

उत्तर कोरियाले आफूले सन् २०१८ को क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौतालाई पालना गरेपनि अमेरिकाले सर्त पुरा नगरेको आरोप लगाउँदै आएको छ।

सन् २०१८ र सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दुई पटक शिखर वार्ता भएको थियो। तर वार्ताले कुनै निष्कर्ष दिएको थिएन।

अमेरिकाले विस्तारै प्रतिबन्ध फुकुवा गर्दै लाने बताएको छ, तर उत्तरले एकैपटक पूर्ण रुपमा प्रतिबन्ध हटाउन चाहेकाले सम्झौता नभएको अमेरिकी अधिकारीहरु बताउँछन्।

relates to Kim Jong Un Shows Off New ICBM Built During Talks With Trump

तर आफूले सम्झौताको पालना गर्दै हतियार परीक्षणलाई रोकेपनि अमेरिकाले अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्न आनाकानी गरेको उत्तरको भनाइ छ।

अमेरिकाले सर्त नमानेपछि उत्तरले केही समययता नयाँ हतियारहरु लगातार परीक्षण गरिरहेको छ। यसबीचमा उत्तरले अमेरिकासम्म पुगेर आक्रमण गर्नसक्ने आइसीबीएम पनि सार्वजनिक गरेको हो।

‘किम जोङ उन एन्ड द बम्बः सर्भाइभल एन्ड डिटेर्रेन्स इन नर्थ कोरिया’ पुस्तकका लेखक अंकित पाठकका अनुसार नयाँ आइसीबीएम क्षेप्यास्त्र उत्तर कोरियाको रणनीतिक हतियार हो। एजेन्सी

Kim Jong Un sheds tears and speaks of North Korea's hardships at holiday  speech | NK News

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad