राजनीति


क्वाड वैठकः चीनसँगको विवादबीच भारतका विदेशमन्त्रीद्वारा अमेरिकी समकक्षीसँग भेटवार्ता

क्वाड वैठकः चीनसँगको विवादबीच भारतका विदेशमन्त्रीद्वारा अमेरिकी समकक्षीसँग भेटवार्ता

नेपालखबर
असोज २०, २०७७ मंगलबार ९:५८,

अमेरिका, भारत, अस्ट्रेलिया र जापानको गठबन्धन क्वाडको वैठकमा भाग लिन दुवै देशका नेता यतिबेला जापानमा छन्।

मंगलबार जयशंकर र पोम्पिओबीच चीनसँगको विवादबीच पहिलोपटक भेटवार्ता भएको बताइएको छ।

क्वाड वैठकमा जापान र अष्ट्रेलियाका समकक्षीहरु पनि सहभागी छन्।

पोम्पिओसँगको भेटपछि जयशंकरले ट्वीटमा भनेका छन्,‘अमेरिकी विदेशमन्त्री पोम्पिओसँग द्विपक्षीय बैठक गरेर टोकियो भ्रमणको आरम्भ गरियो। धेरै क्षेत्रमा हाम्रो साझेदारीको प्रगति हेर्न पाउँदा खुसी छु। हामीले इन्डो–प्यासिफिक क्षेत्रको स्थायित्व र समृद्धिका लागि मिलेर काम गर्नेछौं।’

क्वाडमा आवद्ध राष्ट्रहरुले पछिल्लो समय चीनको चर्को आलोचना गर्दै आएका छन्। खासगरी चीनको दक्षिण चीन सागरको दाबीलाई यी राष्ट्रहरुले विरोध गर्दै आएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad