राजनीति


प्रदेश ५ को राजधानी दाङकाे देउखुरी क्षेत्र ताेक्ने प्रस्ताव दुईतिहाइले पारित (भिडियाे)

प्रदेश ५ को राजधानी दाङकाे देउखुरी क्षेत्र ताेक्ने प्रस्ताव दुईतिहाइले पारित (भिडियाे)

प्रकाश न्यौपाने
असोज २०, २०७७ मंगलबार ९:५७,

प्रदेश ५ को स्थायी राजधानी दाङ कायम भएको छ।

दाङको राप्ती गाउँपालिकाको भालुबाङ, दाङकै गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदी छेउ देउखुरी उपत्यका क्षेत्रलाई राजधानी तोकिएको हो।

प्रदेश सरकारले राजधानी देउखुरी क्षेत्रमा राख्न प्रदेश सभामा प्रस्ताव पेस गरेको थियो।

मंगलबार सभामा छलफलपछि मतदानबाट स्थायी राजधानी तोकिएको हो।

मंगलबार प्रदेश सभामा भएको मतदानमा दुईतिहाइ बहुमत सांसदले देउखुरी क्षेत्रलाई राजधानी बनाउन मतदान गरेका छन्।

नेपालको संविधानको धारा २८८ को उपधारा २ बमोजिम दुईतिहाइ बहुमत पुगेकाले राजधानी देउखुरी क्षेत्रलाई कायम गरिएको सभामुख पूर्णबहादुर घर्तीले सभासमक्ष जानकारी गराए। 

देउखुरी राजधानी बनाउने पक्षमा ६९ जना सांसदले मतदान गरेका छन् भने त्यसको विपक्षमा १३ जना सांसदले मतदान गरेका छन्।

प्रदेश सभामा ८७ जना सांसद भए पनि मतदानमा ८२ जना मात्रै सहभागी भए।

प्रदेश सभामा नेकपामा ६१, काँग्रेसका १९, जनता समाजवादीका ६ र जनमोर्चाका १ जना सांसद छन्।

यसअघि कानून तथा आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले दाङ राजधानी कायम गरियोस् भन्ने प्रस्ताव प्रदेश सभामा पेस गरेका थिए।

प्रस्तावमा समाजदावीका सांसद सहषराम यादव, काँग्रेस सांसद रमा अर्याल र पुष्पा थरुनीले संशोधन प्रस्ताव हाले पनि प्रस्तावका पक्षमा दुईतिहाइ मत पुगेकाले संशोधनमा मतदान भने भएन।

राजधानी तोक्ने प्रस्ताव पारित भएपछि प्रदेशको नाममा मतदान जारी गरिएको छ।

मन्त्री केसीले सभामा प्रदेशको नाम लुम्बिनी राखियोस् भन्ने प्रस्ताव पेस गरेपछि मतदान प्रक्रिया अघि बढाइएको हो।

७ मध्ये ८२ मात्र उपस्थिति थिए।

दाङ राजधानी तोक्ने प्रस्ताव पारित गरेपछि प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमाथि मतदान प्रक्रिया सुरु गरिएको छ।

प्रदेश सभाबाट लाइभ:  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .