हङकङमा कोरोना संक्रमितको संख्या पुग्यो ५१ सय १४, हालसम्म १०५ को मृत्यु

हङकङमा कोरोना संक्रमितको संख्या पुग्यो ५१ सय १४, हालसम्म १०५ को मृत्यु

नेपालखबर
असोज १८, २०७७ आइतबार १२:५१,

यससँगै हङकङमा कोरोनाबाट संक्रमित बन्नेको कुल संख्या ५ हजार ११४ पुगेको कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डोमटिरले जनाएको छ।

यस्तै यहाँ हालसम्म १०५ को मृत्यु भइसक्दा पुरा संक्रमितमध्ये ४८ सय ६१ जना उपचारपछि स्वस्थ बनेको बताएको छ।

यतिबेला यहाँ १४८ सक्रिय संक्रमित छनभने १० जनाको अवस्था गम्भीर भएको बताइएको छ।

हङकङमा कोरोनाविरुद्धको नियम उल्लंघन गर्नेलाई ठूलो जरिवाना गर्न सकिने प्रावधान बनेको छ।

जस अन्तर्गत मास्क नलगाउने, व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना नगर्नेलाई ५० हजार हङकङ डलरसम्म जरिवाना हुनसक्नेछ।

कोरोनाको उपाय नमान्नेलाई ६ महिनाको जेल सजाय पनि हुनसक्ने बतााइएको छ। यी नियमहरु होटल, रेस्टुरेन्ट तथा अन्य भीड हुने स्थानमा लागू हुनेछन्।

हङकङमा हाल सामूहिक कोरोना परीक्षण कार्यक्रम जारी छ। यस कार्यक्रम अन्तर्गत हङकङका सबै नागरिकलाई निशुल्क कोरोना परीक्षण गराइनेछ।

यस योजना अन्तर्गत यतिबेला लाखौं मानिसहरुले कोरोना परीक्षण गरिसकेका छन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .