ad ad

राजनीति


बिभिन्न संघ संस्थालाई भारतका ४१ एम्बुलेन्स र ६ बस उपहार

बिभिन्न संघ संस्थालाई भारतका ४१ एम्बुलेन्स र ६ बस उपहार

नेपालखबर
असोज १६, २०७७ शुक्रबार १०:३३,

नेपालस्थित भारतीय दूतावासले बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थालाई एम्बुलेन्स र बसहरु उपहार स्वरुप प्रदान गरेको छ।

स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवं गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरेको दूतावासले जनाएको छ।

‘यी संघ संस्थाहरु नेपालका दूर्गम जिल्ला लगायतका विभिन्न ३० जिल्लामा छरिएर रहेका छन्। विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्न हेतु दूतावासले विगत लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहार स्वरुप प्रदान गर्दै आएको छ,’ दूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ।

महात्मा गान्धीको १५१औं जन्म जयन्तीको अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले दूतावास परिसरबाटै ती साधनहरु हस्तान्तरण गरेका हुन्।

Indian ambassador GandhiStatue

दूतावासका अनुसार सन् १९९४ देखि अहिलेसम्म भारतीय दूतावासले झण्डै ८ सय २३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ।

‘दूतावासले यो वर्ष पहिलो पटक तीन प्रकारका (अत्याधुनिक लाइफ सपोर्ट, आधारभूत लाइफ सपोर्ट र सामान्य लाइफ सपोर्ट) एम्बुलेन्स प्रदान गरेको छ। यी तीनै प्रकारका एम्बुलेन्सहरु नेपाल सरकारको मापदण्डअनुसार निर्माण गरिएका हुन्,’ दूतावासले भनेको छ।

अत्याधुुनिक लाइफ सपोर्ट भएका एम्बुलेन्समा ट्राभलिङ्ग भेन्टिलेटर, इसीजी तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस आदि उपलब्ध हुन्छन्।

Indian embassy ambulance

आधारभूत लाइफ सपोर्ट भएका एम्बुलेन्समा भेन्टिलेटर बाहेक यी सबै सुविधा हुन्छन्।

त्यसैगरी सामान्य लाइफ सपोर्ट भएका एम्बुलेन्समा भने फोर व्हील प्रणाली जडान भएकाले यी एम्बुलेन्सहरु पहाडी तथा हिमाली क्षेत्रका लागि उपयुक्त हुने दूतावासले जनाएको छ।

त्यसैगरी शुक्रबार छ जिल्लाका शैक्षिक संस्थाहरुलाई बसहरु वितरण गरिएको र हालसम्म दूतावासले नेपालभर १६० वटा विद्यालयलाई बस उपहार स्वरुप प्रदान गरिसकेको उसले जनाएको छ।

Indian ambassador ambulance

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .