ad ad

राजनीति


वामदेवको मुद्दा फेरि पनि हेर्दाहेर्दैमा, बुधबार थप सुनुवाई हुने

  वामदेवको मुद्दा फेरि पनि हेर्दाहेर्दैमा, बुधबार थप सुनुवाई हुने

नेपालखबर
असोज १६, २०७७ शुक्रबार ९:०,

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य नियुक्ति बदरको माग गर्दै परेको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा हेर्दाहेर्दैमा राखिएको छ।

शुक्रबार सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरासहितका ५ जना न्यायाधीशले सो मुद्दा हेरेका थिए। आज बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। उक्त मुद्दामाथि बुधबार थप बहस हुने बनाइएको छ।

यसअघि बुधबार भएको बहस समय नपुगेपछि हेर्दा–हेर्दैमा राखिएको थियो।

बुधबार बहस गर्दै महान्यायाधिवक्ता अग्नि खरेलले गौतमलाइ मन्त्री बनाउने मिल्ने नजिर पेश गरेका थिए। आजको बहस सकिएपछि फैसला आउने सम्भावना रहेको सर्वोच्चले जनाएको छ।

भदौ २९ गते राष्ट्रियसभाको रिक्त पदमा गौतमलाई नियुक्त गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। गौतमले असोज १ गते सपथ लिएपछि उनलाई मन्त्री बनाउने चर्चा चलेको थियो। 

प्रतिनिधिसभामा बर्दियाबाट पराजित गौतमलाई राष्ट्रियसभामा लैजानु असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको सो नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .