चीनले भारतको केन्द्र शासित लद्दाखलाई मान्यता नदिने बताएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले मंगलबारको पत्रकार सम्मेलनमा लद्दाखमा भारतले बनाउने पूर्वाधारको पनि चीनले विरोध गर्ने जनाए।
‘चीनले तथाकथित केन्द्रशासित लद्दाख क्षेत्रलाई चिन्दैन,’ वाङले भने, ‘त्यसैले सैन्य नियन्त्रणको उदेश्यले सीमा क्षेत्रमा गरिने पूर्वाधार निर्माणको विरोध गर्छ।’
उनले परिस्थितिलाई जटिल बनाउने काम नगर्न समेत भारतलाई आग्रह गरे।
‘हालै चीन र भारतबीच भएको सहमतिअनुसार दुवै पक्षले सीमा क्षेत्रमा परिस्थितिलाई जटिल बनाउने कुनै काम गर्नु हुँदैन,’ वाङले भने। एजेन्सी
3
Shares
प्रतिक्रिया