ad ad

राजनीति


आर्डेन न्युजिल्याण्डको प्रधानमन्त्रीमा दोहोरिने प्रक्षेपण

आर्डेन न्युजिल्याण्डको प्रधानमन्त्रीमा दोहोरिने प्रक्षेपण

नेपालखबर
असोज ११, २०७७ आइतबार ९:५९,

न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेन अर्को महिना हुन लागेको चुनावबाट दोस्रो कार्यकालका लागि निर्वाचित हुने प्रक्षेपण गरिएको छ।

त्यहाँ गरिएको एक वृहत् सर्वेक्षणले आर्डेन प्रधानमन्त्रीमा दोहोरिने संभावना देखाएको हो।

कोभिड–१९ महामारीलाई प्रभावकारीरुपमा नियन्त्रणमा लिएर विश्वभर चर्चा कमाएकी आर्डेनको लोकप्रियतालाई हालै देखिएको कोरोनाको नयाँ लहरले भने सामान्य धक्का दिएको छ।

न्युजहव–रिड रिसर्च पोलले गरेको सर्वेक्षणले आर्डेनको लेवर पार्टीलाई ५०.१ प्रतिशत जनसमर्थन रहेको देखाएको छ।

कोरोनाको प्रभावकारी नियन्त्रण गरेर अन्तर्राष्ट्रियरुपमा वाहवाही कमाएको आर्डेन सरकारलाई यो वर्षको सुरुमा ६०.९ प्रतिशत समर्थन थियो। तर, पछिल्लो अवस्थामा देखिएको कोरोनाकै कारण लोकप्रियता केहि खस्किएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

यसको तुलनामा त्यहाँको प्रमुख प्रतिपक्षी नेसनल पार्टीलाई भने २९.६ प्रतिशतको मात्र समर्थन रहेको सर्वेक्षणमा देखिन्छ। पछिल्लो समय सो दलको समर्थन ४.५ प्रतिशतले बढेको देखिएको छ।

अर्को महिना हुने निर्वाचन परिणाम यो सर्वेक्षणअनुसार नै आएमा आर्डेनले अरु कसैसँग गठबन्धन नगरी स्पष्ट बहुमतका साथ सरकार हाँक्न पाउनेछिन्।

गतमहिना अकल्याण्ड शहरमा कोरोनाको दोस्रो लहर नफकर्दासम्म न्युजिल्यान्ड १०२ दिनसम्म कोरोनामुक्त रहेको थियो। जसका कारण आर्डेनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै प्रशंसा बटुल्न सफल भएकी थिइन्।

उनी सन् २०१७ मा प्रधानमन्त्री चुनिँदा सो मुलुकको १ सय ५० वर्ष यताकै सबैभन्दा कम उमेरकी सरकार प्रमुख भएकी हुन्।

४० वर्षे आर्डेनले लिएका कतिपय अग्रगामी तथा मानवीय पक्षका निर्णयका कारण बेला बेला अन्तर्राष्ट्रिय रुपमै चर्चामा आउने गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .