ad ad

कारोबार


महानगरका सबै वडाबाट मंगलबारदेखि अनलाइन राजश्व प्रणाली सुरु हुने

महानगरका सबै वडाबाट मंगलबारदेखि अनलाइन राजश्व प्रणाली सुरु हुने

नेपालखबर
असोज ११, २०७७ आइतबार १०:२,

१० दिनको अवधिमा काठमाडौं महानगरका २० वटा वडाबाट ५० जना करदाताले अनलाइन प्रणालीबाट रकम भुक्तानी गरेका छन्। महानगरलाई बुझाउनु पर्ने कर राजस्व निर्धारण तथा संकलन अनलाइन प्रणालीबाट भुक्तानी गरेका हुन्।

महानगरले असोज १ गतेदेखि वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बाट प्रणाली सञ्चालनमा ल्याएको हो।

सफ्टवेयर सञ्चालन गर्ने प्राबिधिक ज्ञान दिँदै असोज ५ गतेदेखि वडा ५, ६, ७, ९, १२, १४, १६, २, २९ र ३२ वडामा प्रणाली सञ्चालन गरिएको थियो। यस अवधिमा प्रणालीमा जोडिएका करदाताले तिरेको करबाट महानगरले १ करोड ६० लाख रुपैयाँ राजस्व प्राप्त गरेको, राजस्व विभागका निर्देशक शिवराज अधिकारीले जानकारी दिए।

अहिले वडा ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ गरी १२ वटा वडाका कर्मचारीका लागि तालिम भइरहेको छ। आज र भोलि २ दिन हुने तालिमपछि पर्सि अर्थात् मंगलबार ती सबै वडामा प्रणाली सञ्चालन गर्ने लक्ष्य छ।

यसो भएमा असोज १ गतेबाट चरणवद्ध रुपमा सञ्चालन थालिएको राजस्व निर्धारण तथा संकलन प्रणाली असोज १३ गतेदेखि सबै वडामा पुग्नेछ ।

महानगरले प्रयोगमा ल्याएको यस प्रणालीको विकासकर्ता सांग्रिला इन्फरमेटिक्स प्रा.लि. हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .