विवादित क्षेत्र नागोर्नो–कराबाक क्षेत्रको विषयलाई लिएर दुई देशका सेनाबीच भिडन्त भएको र सो क्रममा आक्रमण हुँदा अजरबैजानको एक हेलिकप्टर खसेको बीबीसीले जनाएको छ।
दुवै देशले आफ्ना नागरिकको मृत्यु भएको विषयलाई पनि पुष्टि गरेका छन्।
अर्मेनियाका अनुसार अजरबैजानका सेनाले तोप आक्रमण गरेका छन्। हाल सीमा क्षेत्रमा अर्मेनियाले सैन्य शासन लागू गरेको छ। त्यहाँ सेनाहरु ठूलो मात्रामा परिचालन गरिएका छन्।
चार दशकयता दुई देशबीच तनाव जारी छ।
यी दुवै देश तत्कालिन सोभियत गणतन्त्रका क्षेत्र थिए। रुसले यस घटना भएसँगै दुवै देशलाई युद्धविराम गर्न आग्रह गरेको छ।
गत जुलाईमा पनि सिमानामा दुई देशका सेनाबीच भिडन्त हुँदा १६ जनाको मृत्यु भएको थियो।
3
Shares
प्रतिक्रिया