ad ad

राजनीति


राष्ट्रसंघको महासभापछि सुरक्षा परिषद्‍मा पनि भयो चीन र अमेरिकाबीच चर्काचर्की

राष्ट्रसंघको महासभापछि सुरक्षा परिषद्‍मा पनि भयो चीन र अमेरिकाबीच चर्काचर्की

नेपालखबर
असोज ९, २०७७ शुक्रबार ७:४४,

सुरक्षा परिषद्‍मा चीनले अमेरिकाले विश्वमा धेरै समस्या सिर्जना गरेको आरोप लगाएको छ।

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूत जाङ जनले बिहीबार अमेरिकाले विश्वमा पर्याप्त समस्या सिर्जना गरिसकेको बताएका हुन्।

उनले भनेका छन्,‘मैले भन्नेपर्छ यो अति भईसक्यो। अमेरिकाले पर्याप्त समस्याहरु विश्वमा खडा गरिसकेको छ।’

कोरोना भाइरसको विषयमा हाल अमेरिका र चीनबीच चर्को विवाद जारी छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पनि अमेरिका र चीनबीच यसै विषयमा चर्काचर्की भएको हो।

राजदूत जाङले अमेरिकाले विश्वमा पर्याप्त समस्या खडा गरिसकेको बताएपछि राष्ट्रसंघका लागि अमेरिकी राजदूत केली क्राफ्टले चीनको आलोचना गरेकी छिन्।

यो पनिः राष्ट्रसंघमा पनि भिडे चिनियाँ र अमेरिकी राष्ट्रपति, ट्रम्पले भनेः चीनले विश्वलाई संक्रमित बनायो

केलीका अनुसार चीनले अमेरिकालाई अर्थहीन आरोप लगाएर कोरोना भाइरसको सत्यतालाई टार्न चाहिरहेको छ।

केली भन्छिन्,‘चीनले कोरोना भाइरसको उत्पत्तिको विषय लुकायो, यसको खतरालाई खुलाएन साथै वैज्ञानिक सहयोगलाई स्वीकारेन।’

केलीले चीनले जानाजान स्थानीय महामारीलाई विश्वव्यापी महामारीमा परिवर्तन गरेको पनि आरोप लगाएकी छिन्।

हालैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच कोरोना भाइरसकै विषयलाई लिएचर आरोप प्रत्यारोप भएको थियो।

ट्रम्पले कोरोना भाइरसको विषयमा चीन जवाफदेही हनुपर्ने बताएका थिए। सीले विवादलाई छलफलमार्फत हल नगरिए ठूलो दुर्घटना निम्तने चेतावनी दिएका थिए। सीसीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .