ad ad

राजनीति


१९औँ सार्क शिखर सम्मेलन चाँडो गर्न नेपालको आह्वान

१९औँ सार्क शिखर सम्मेलन चाँडो गर्न नेपालको आह्वान

नेपालखबर
असोज ८, २०७७ बिहिबार १२:५३,

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) को शिखर सम्मेलन चाँडो गर्न आह्वान गरेका छन्।

सार्क मुलुकका विदेशमन्त्रीहरुको भर्चुअल बैठकमा ज्ञवालीले यो क्षेत्रीय संगठनलाई गतिशील बनाउने विकल्पहरुको खोजी गर्न सदस्य मुलुकहरुसँग आग्रह गरेका हुन्।

सार्कको अध्यक्षको हैसियतले नेपालले यो बैठकको आयोजना गरेको हो। संयुक्त राष्ट्र संघको महासभाको समयमा न्युयोर्कमा सार्कका विदेशमन्त्रीहरुको बैठक आयोजना गर्ने चलन छ।

यसवर्ष कोरोनाको महामारीको कारण राष्ट्र संघीय महासभा भर्चुअल माध्यमबाट भइरहेको छ। त्यसैले सार्कका विदेशमन्त्रीहरुबीच पनि भर्चुअल बैठक भएको हो।

बैठकमा उद्घाटन भाषण गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले सार्कको १९ औँ सम्मेलन चाँडो गर्न आग्रह गरेका हुन्।

‘सार्कलाई परिणामुखी क्षेत्रीय संगठन बनाउने र दक्षिण एसियाका जनताको जीवनमा देखिने परिवर्तन ल्याउनसक्ने बनाउन परराष्ट्रमन्त्रीले जोड दिनुभयो,’ बैठकपछि परराष्ट्र मन्त्रालयले भनेको छ, ‘उहाँले सबै सदस्य राष्ट्रहरुलाई १९ औं सम्मेलन चाँडै गर्ने र सार्कलाई गतिशील बनाउन आवश्यक सबै विकल्पहरुमा खोज्न आग्रह गर्नुभयो।’

बैठकमा भारतका विदेशमन्त्री एस जयशंकरसहित सार्कका सदस्य राष्ट्रका विदेशमन्त्रीहरुको उपस्थिति थियो। बैठकमा पाकिस्तानी अधिकारीको सहभागिता रहेपनि विदेशमन्त्री शाह महमुद कुरेसीको भने रेकर्डेड भिडियो सन्देश प्रसारण गरिएको थियो।

saarc_7e9t.jpg

यअसघिको न्युयोर्कमा भएका बैठकमा समेत भारत र पाकिस्तानका विदेशमन्त्री सँगै सहभागी हुँदैनथे। वर्णानुक्रमअनुसार भारतीय विदेशमन्त्री सम्बोधन गरेर बाहिरिएपछि मात्रै पाकिस्तानी विदेशमन्त्री बैठक स्थलमा प्रवेश गर्ने गरेका थिए।

बैठकलाई सम्बोधन गर्दै पाकिस्तानी विदेशमन्त्री कुरेसीले सार्कको १९ औं शिखर सम्मेलनमा गर्न पाकिस्तान तयार रहेको बताएका थिए। भारत पाकिस्तान तनावको कारण चार वर्षअघि हुनुपर्ने सार्कको शिखर सम्मेलन रोकिएको छ।

सन् २०१६ मा इस्लामावादमा तय भएको सार्क शिखिर सम्मेलन पाकिस्तानले सीमापार आतंकवाद बढाएको भन्दै भारतले बहिष्कार गरेको थियो। सार्कमा एक सदस्यले बहिस्कार गरेमा शिखर सम्मेलन नहुने व्यवस्था छ।

बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरले आतंकवाद र राष्ट्रिय सुरक्षाको चुनौती क्षेत्रीय सहकार्यका बाधक भएको बताएका थिए।

बैठकमा उनले भारतको छिमेक पहिलो भन्ने नीतिलाई दोहो¥याएका थिए। कोभिड १९ तथा अन्य विषयाम भारतले सार्कका विभिन्न देशलाई दिँदै आएको सहयोगका सूची पनि उनले प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .